Dhulikhel Eco Banner new

सरकारी निकायका लागि सूचना मन्त्रालयले ल्यायो एकीकृत वेवसाईट

4.42K
shares

काठमाडौं, १९ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्रालयले सबै सरकारी निकायका लागि प्रयोगमा ल्याउने उदेश्यले एकीकृत वेवसाईट व्यवस्थापन प्रणालीको विकास गरेको छ । मन्त्रालयले मंगलबार छैटौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा एकिकृत वेवसाईटको उद्धघाटन गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वेवसाईटको उद्धघाटन गर्दै हरेक क्षेत्रले छुट्टा छ्ट्ै वेवसाईट विकास गर्नुपर्ने अवस्थालाई अन्त्य गरेको बताएकी छन् ।

उनले भनिन ‘ सञ्चार तथा सूचना प्रविधिको विस्तार तीव्र रुपमा भईरहेको छ । यसै वर्ष देखि हामीले सबै सरकारी निकायका लागि प्रयोगमा ल्याउने उदेश्यले एकीकृत वेवसाईट व्यवस्थापन प्रणालीको विकास गरेका छौं । यसबाट हरेक क्षेत्रले छुट्टा छ्ट्ै वेवसाईट विकास गर्नुपर्ने वाध्यताको अन्त्य भएको छ । यो प्रणालीले सरकारी निकायका वेवसाईटमा एकरुपता ल्याउने र कार्यलय नै पिच्छे वेवसाईट विकास सफ्टवेयर निमार्ण मर्मत सेवामा गर्ने खर्च बचत हुने अपेक्षा लिएको छ । ’

मन्त्री शर्माले प्रविधिको उपयोगलाई बढी विश्वसनीय, सुरक्षित र पहुँचयोग्य बनाएर आम नागरिकलाई विद्युतीय माध्यमबाट सरल, सहज, सुलभ तथा विश्वसनीयरूपमा सेवा उपलब्ध गराउन आवश्यकता रहेको बताएकी छिन् ।

सञ्चार तथा सूचना प्रविधिको प्रयोग र विस्तारसँगै सुरक्षित प्रयोग गर्न नागरिक र सरकार सजग हुन आवश्यक भएको उनको भनाइ छ । सूचना प्रविधिको प्रयोगबाट मुलुकले सुशासन र समृद्धि हासिल गर्नेमा सरकार विश्वस्त रहेको दावी पनि उनको थियो ।