Dhulikhel Eco Banner new

एसीसी प्रिमियर कप : नेपाल च्याम्पियन बन्दै एसिया कपमा

4.81K
shares

काठमाडौं, १९ वैशाख । गुल्सन झा र भम सार्कीले चौथो विकेटका लागि गरेको ९६ रनको साझेदारी काफी बन्दा नेपालले आगामी सेप्टेम्बर महिनामा पाकिस्तानमा हुने एसिया कपमा स्थान सुुरक्षित गरेको छ ।

कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स यूएईले दिएको ११८ को लक्ष्य पछयाएको नेपालले ३० ओभर ३ बलमा ३ विकेटको खर्चलमा लक्ष्य पूरा गरेको थियो । नेपालले ७ विकेटले जित हात पार्दा गल्सन झा र भम सार्कीले जमेर प्रदर्शन गरे ।

नेपालका लागि मध्यम गतिका बलरकोरुपमा चिनिएका अलराउण्डर झाले ८४ बलको सामना गर्दै ३ चौका र ६ छक्काको सहयोगमा ६७ रन बनाएका थिए । यस्तै भीम सार्कीले पनि ७२ बल खेलेर ४ चौकाको सहयोगमा ४६ रन बनाएर झासंग साझेदारीलाई खेलको अन्त्यसम्म जारी राखे ।

वर्षाका कारण हिजो रोकिएको नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल आज(मंगलवार) बिहान नौ बजेबाट सुरु भएको थियो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशाखामा खेल हेर्न हजारौं क्रिकेट प्रेमी भेला भएका थिए ।