Dhulikhel Eco Banner new

डलरको मूल्य स्थिर, कुन देशको विनिमयदर कति ?

4.3K
shares

काठमाडौं, ३१ वैशाख । नेपाल राष्ट्र बैंकले आइतबारका लागि जारी गरेको विदेशी विनिमयदर अनुसार डलर, पाउण्ड तथा युरोको मूल्य स्थिर रहेको छ । डलरको भाउ अघिल्लो दिन बढेको थियो भने पाउण्ड र युरोको मूल्य घटेको थियो । आइतबार शनिबारकै दरमा यी विदेशी मुद्राको सटही भइरहेको हो ।

नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनियमदर अनुसार अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७७ पैसा कायम भएको छ । अघिल्लो दिन पनि डलरको सटही दर सोही रहेको थियो । त्यस्तै आइतबार पाउण्ड र युरोको विनियमदर पनि स्थिर रहेको छ । आज पाउण्डको खरिददर १६४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६५ रुपैयाँ १७ पैसा रहेको छ । त्यस्तै युरोको खरिददर १४३ रुपैयाँ ११ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७७ पैसा कायम भएको छ । जुन अघिल्लो दिनकै रेट हो ।

राष्ट्र बैंकले आइतबारका लागि जारी गरेको विनिमयदर अनुसार अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८८ रुपैयाँ १३ पैसा, क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ २३ पैसा र बिक्रीमा ९८ रुपैयाँ ६८ पैसा, सिंगापुर डलरको खरिददर ९८ रुपैयाँ ३१ पैसा र बिक्रीमा ९९ रुपैयाँ ७६ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३५ रुपैयाँ १४ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १ पैसा र बिक्रीदर ३६ रुपैयाँ १७ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ २९ पैसा र बिक्रीदर २९ रुपैयाँ ४२ पैसा रहेको छ ।