नेप्से परिसूचक ३ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट
वि.सं.२०८० जेठ १ सोमवार १५:१७
shares

काठमाडौं, १ जेठ । शेयर बजार परिसूचक साताको दोस्रो दिन ३ अंकभन्दा बढीले ओरालो लागेको छ । अघिल्लो दिन पनि घटेको शेयर बजार सोमबार ३ दशमलवल ३४ अंकले ओरालो लागेको हो ।
३ दशमलव ३४ अंकले ओरालो लागेको शेयर बजार परिसूचक १८१८ दशमलव ३१ अंकमा पुगेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज २६६ कम्पनीका २३ लाख ४१ हजार २४० कित्ता शेयर २० हजार १५८ पटक खरिद बिक्री हुँदा ७२ करोड ४९ लाख ६९ हजार ९८० रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै सोमबार क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । सेन्सेटिभ इन्डेक्स ० दशमलव १२ अंकले घटेर ३४९ दशमलव ०१ अंकमा पुगेको छ ।

















