Dhulikhel Eco Banner new

बन्द गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्ने सरकारको तयारी

429
shares

काठमाडौं, ३ मंसिर । नेपालको पहिलो टायर उद्योगका रूपमा रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालनमा आउने सम्भावना बढेको छ। राजा वीरेन्द्रबाट उद्घाटन गरिएको उक्त उद्योगलाई पुनर्जीवित गर्ने योजनाबारे सरकारले अध्ययन तथा तयारी अघि बढाएको छ।

कुनै समय देशकै प्रमुख टायर उत्पादक उद्योगका रूपमा स्थापित गोरखकाली रबर उद्योग वर्षौंदेखिको आर्थिक संकट र व्यवस्थापकीय कमजोरीका कारण बन्द भएको थियो।

उद्योग पुनः सञ्चालनमा आएमा सयौँ रोजगारी सिर्जना हुनुका साथै स्वदेशमै टायर उत्पादन बढ्ने र आयातित टायरमाथिको नेपालको निर्भरता घट्ने अपेक्षा गरिएको छ।