Dhulikhel Eco Banner new

चितवनमा रोड टु आईपीओ कार्यशाला सम्पन्न

4.12K
shares

काठमाडौं, २ जेठ । चितवनमा राड टु आईपीओ कार्यशाला सम्पन्न भएको छ । एनआईबिएल एस क्यापिटल लिमिटेड, एक्यान–चितवन च्याप्टर र पायोनियर ल एसोसिएट्सको सहकार्यमा चितवनको होटल सिराइचुलीमा कार्यशाला सम्पन्न भएको हो ।

एनआईबिएल एस क्यापिटल लिमिटेड, एक्यान – चितवन च्याप्टर र पायोनियर ल एसोसिएट्सलेचितवनको कर्पोरेट हाउसेस, उत्पादन तथा प्रशोधन उद्योग तथा वास्तविक क्षेत्रहरूलाई आईपीओ निष्कासनको प्रक्रियामा चाहिने कानुनी र वित्तीय परामर्शका विषयमा सहजीकरण गराउनको लागी कार्यशाला आयोजना गरेको हो । कार्यक्रममा पायोनियर ल एसोसिएट्सका म्यानेजिब पार्टनर अनुपराज उप्रेती र एनआईबिएल एस क्यापिटलका डेपुटी जनरल म्यानेजर सचिन्द्र ढुंगानाको सहभागिलाई प्रशिक्षण दिएका थिए ।

उक्त कार्यशालाले कानूनी पक्ष, संस्थागत सुशासन, पुँजी संरचना, आईपीओ मूल्य निर्धारण, साइज समयरेखा र विधिहरूमा केन्द्रित रहेको आईपीओ सम्बन्धी ज्वलन्त उदाहरणहरु समेटेको प्रस्तुत गरिएको थियो ।