मौद्रिक नीतिको समीक्षाले पोलिसी रेट घटाउन सकेन : अर्थमन्त्री महत
वि.सं.२०८० जेठ २ मंगलवार १६:२८
shares

काठमाडौं, २ जेठ । अर्थमन्त्री डा. प्रकाश शरण महतले मौद्रिक नीतिको समीक्षाले पोलिसी रेट घटाउन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । मंगलबार आयोजित ‘दि नेशनल बैकिङ डिस्कोर्ष २०२३’ कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले मौद्रिक नीतिको समीक्षाले पोलिसि घटाउने आश गरिएको भए पनि त्यसो हुन नसकेको बताएका हुन् ।
‘मौद्रिक नीतिले पोलिसि रेट घट्छ भन्ने आशा गरिएको थियो । तर केही प्राविधिक कारणबस हुन सकेनछ,’ उनले भने । अर्थमन्त्री महतले अहिले बैंकिङ क्षेत्र स्वस्थ्य रहेको पनि बताए । केही समस्या भए राष्ट्र बैंकले हेर्ने उनको भनाइ छ । अहिले लघुवित्तमा देखिएको जोखिम कम गराउँदै जान आवश्यक रहेको भन्दै सहकारीमा पनि नियमन बढाउन आवश्यक रहेको अर्थमन्त्री महतको भनाइ थियो ।
‘अहिलेको समयमा बैंकले सेवालाई प्रवाह प्रभावकारी बनाएर साना उद्योग व्यवसायले सहजै लोन पाउन सक्ने व्यवस्था गर्नु पर्छ,’ उनले भने ।



















