आगामी बजेटमा कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्न दलहरुको सरकारलाई सुझाव
वि.सं.२०८० जेठ २ मंगलवार १८:३३
shares

काठमाडौं, २ जेठ । सरकारमा सहभागि विभिन्न १० दलले बजेटमा कषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन् ।
मंगलवार बसेको गठबन्धन दलको बैठकमा सहभागि दलका नेताले आगामी बजेटमा कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकता राख्न सुझाव दिएको माओवादी केन्द्रका सचेतक हितराज पाण्डेले जानकारी दिए ।
बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीसंग उनले, आजको बैठकमा देशको समग्र स्थिति सुधार र युवा शक्ति पलायनको अवस्थालाई रोक्न, शिक्षालाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा सुझाव आएको बताए ।
उनले भने, ‘अबको आर्थिक विकासलाई अगाडि बढाउनको लागि कृषि र पर्यटनलाई जोड दिएर रोजगारी सिर्जना गर्ने र अलि नयाँ तरिकाले हामी देशको समग्र स्थिति र प्रतिभा पलायन र युवा शक्ति बाहिर गइरहेको अवस्थालाई रोक्न, शिक्षालाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा सुझाव आएको छ ।’
उनले सरकारले यो आर्थिक वर्षको बजेटका लागि आवश्यक पर्ने नीति तथा कार्यक्रमको लागि के के विषयमा अघि बढ्ने भनेर सुझाव लिने विषयमा आजको बैठक केन्द्रीत भएको भन्दै पार्टीका नेताहरुको तर्फबाट समावेश गर्नुपर्ने केही विषयवस्तु प्रस्तुत भएको बताए ।



















