डलरसँग नेपाली रुपैयाँ थप कमजोर
वि.सं.२०८० जेठ ४ बिहीवार ०९:४३
shares

काठमाडौं, ४ जेठ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि जारी गरेको विदेशी विनिमयदर अनुसार नेपाली रुपैयाँ अमेरिकी डलरसँग थप कमजोर बनेको छ । अघिल्लो दिन पनि बढेको डलरको मूल्य बिहीबार पनि बढेको हो ।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनियमदर अनुसार अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३२ रुपैयाँ १२ पैसा पुगेको छ । अघिल्लो दिन डलरको खरिददर १३१ रुपैयाँ २४ पैसा बिक्रीदर १३१ रुपैयाँ ८४ पैसा रहेको थियो । त्यस्तै बिहीबार पाउण्डको मूल्य भने सामान्य घटेको छ । आज पाउण्डको खरिददर १६३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४६ पैसा पुगेको छ । अघिल्लो दिन पाउण्डको खरिददर १६४ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६५ रुपैयाँ २८ पैसा रहेको थियो । बिहीबार युरोको मूल्य पनि सामान्य घटेको छ । आज युरोको खरिददर १४२ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८ पैसा पुगेको छ । अघिल्लो दिन युरोको खरिददर १४२ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ६१ पैसा रहेको थियो ।
त्यस्तै राष्ट्र बैंकले बिहीबारका लागि जारी गरेको विनिमयदर अनुसार अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८८ पैसा, क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ४३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८७ पैसा, सिंगापुर डलरको खरिददर ९७ रुपैयाँ ९१ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३६ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ४ पैसा र बिक्रीदर ३५ रुपैयाँ २३ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९ पैसा र बिक्रीदर ३६ रुपैयाँ २६ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९८ पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ ७ पैसा र बिक्रीदर २९ रुपैयाँ २० पैसा रहेको छ ।
डलरको मूल्य बढ्दा नेपालले तिर्नु पर्ने विदेशी ऋणको साँवा र व्याज तथा आयात गर्नु पर्ने वस्तुका लागि बढी रकम खर्च पर्ने हुन्छ । जसको प्रभाव नेपालीको भान्सामै पर्ने अर्थविद्हरुको भनाइ छ ।



















