Dhulikhel Eco Banner new

हजमा जाने नेपाली मुसलमानका लागि बसोवासको व्यवस्था मिलाउन सांसद कार्कीको माग

4.8K
shares

काठमाडौं १०, जेठ । सांसद ज्ञानेन्द्रबहादुर कार्कीले हज गर्न जाने मुस्लिम धर्मावलम्बी नेपालीहरुका लागि मक्का मदिनामा बसोवासको व्यवस्था मिलाउन सरकारसंग माग गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद कार्कीले यसपटकको हजयात्रादेखि नै बसोवासको व्यवस्था मिलाउन माग गरेका हुन् ।

उनले भने ‘ मुस्लिम धर्मावलम्वीहरुको धार्मिक मान्यता अनुसार जीवनको एकपटक हज यात्रामा मक्का मदिना ईदुल अझाको यात्रा गर्दैछन् । उनीहरुको यात्रामा कठिनाई छ । उनीहरुको समस्याको समाधान गर्न र मक्का मदिनामा उहाँहरुको बसाईलाई समुचित प्रवद्र्धन गर्नको लागि सरकारसंग आग्रह गर्दछु । ’