Dhulikhel Eco Banner new

सरकारको नीति तथा कार्यक्रम बूढानीलकण्ठमा सुतिरहेको शालिक जस्तै छ : सांसद विष्ट

4.08K
shares

काठमाडौं १०, जेठ । सांसद गोकर्ण विष्टले सरकारको नीति तथा कार्यक्रम बूढानीलकण्ठमा सुतिरहेको शालिक जस्तै भएको बताएका छन् । बुधबार प्रनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै सांसद विष्टले नीति तथा कार्यक्रम चलायमान नभएको पनि दावी पनि गरेका छन् ।

उनले भने ‘२१ खर्ब सार्वजनिक क्रृणको अवस्था देखा परेको छ । एकातिर कर्जा प्रवाहको अवस्था यस्तो छ अर्को तर्फ रोजगारी सिर्जनाको अवस्था के छ ? उत्पादनको अवस्था के छ ? यसलाई समीक्षा गरेका छौं ? यसको लागि टालटुले सुधारले केही हुँदैन । सरकारको नीति तथा कार्यक्रम बूढानीलकण्ठमा सुतिरहेको शालिक जस्तै छ । जसमा कुनै चलायमान र उर्जा छैन । जसमा कुनै दम छैन ।

सांसद विष्टले महंगो निर्वाचनको कारणले आज राजनीतिमा असल ईमान्दार गरिब समान्य वर्गको मानिसहरु आउने अवस्था बन्द भएको चर्चा पनि गरे । उनले राजनीतिका दलाल र माफिया, भ्रष्टचारीहरुको बाहुल्यता बन्ने अवस्था देखा परेको तर्फ पनि सबैको ध्यानाकर्षण गराए ।