Dhulikhel Eco Banner new

नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘नो इफ नो बट’, सबै विरुद्ध अनुसन्धान होस् : शिशिर खनाल

5.99K
shares

काठमाडौं १०, जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबै विरुद्ध अनुसन्धान गरिनु पर्ने माग गरेका छन् ।

प्रतिनिधि सभामा धारणा राख्दै सांसद् खनालले घटनामा संलग्न विरुद्ध कारबाहीमा ‘नो इफ, नो बट’ नीति लागू हुनु पर्ने बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देखाउने भनेको फिल्म बकवास हुँदै गएको भन्दै उनले आपत्ति जनाए ।

उनले भने,‘घटनामा आएजीपी, पूर्वसचिव, पूर्व मेयर, पूर्वप्रधानमन्त्रीको स्वकीय सचिवको समेत नाम जोडिएको छ । ‘नो इफ नो बट’ । सबैमाथि तुरन्त छानबिन होस् । नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘ब्लगबस्टर’ फ्लीम नै हेर्न पाइन्छ भनेर प्रधानमन्त्रीले देखाउनु भएको ‘ट्रेलर’को आधारमा उत्साहित भइयो । तर, यो फ्लीमको दृष्य यति काँटछाँट गरिँदैछ कि फ्लीम साह्रै बकवास हुला भन्ने चिन्ता लाग्न थालेको छ ।’