Dhulikhel Eco Banner new

उदयपुरका ३ सहकारीले तिरेनन् स्वरोजगार कोषको ऋण

16.8K
shares

काठमाडौं, १० जेठ । युवा स्वरोजगार कोषले ऋण नतिर्ने सहकारीहरुलाई कालोसूचीमा राख्ने चेतावनी दिएको छ । ७० वटा सहकारी संस्थाहरुलाई ३५ दिन भित्र ऋण चुक्ता गर्न सार्वजनिक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो ।

यसरी ऋण नतिर्ने ७० सहकारी संस्थाहरु मध्ये २ वटा सहकारी उदयपुरका रहेका छन् । त्रियुगा नगरपालिका–२ को हिमशिखर बहुदेश्यीय सहकारी संस्था, त्रियुगा–१५ मा रहेको युवा जनजागरण कृषि सहकारी संस्था र लिम्चुङबुङ गाउँपालिका–१ मा रहेको बासबोटे बहुदेश्यीय सहकारी संस्थाले ऋण तिरेका छैनन् । यी सहकारी संस्थाहरुलाई ऋण तिर्न कोषले ३५ दिनको अल्टिमेटम दिएको हो ।