Dhulikhel Eco Banner new

सरकार वैदेशिक शक्तिको घेराबन्दीमा परेको कृष्णबहादुर महराको दावी

4.82K
shares

काठमाडौं, १३ जेठ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम प्रवक्ता कृष्णबहादुर महराले अहिले सरकार वैदेशिक शक्तिको समेत घेराबन्दीमा परेको दावी गरेका छन् ।

शनिबार प्रेस सेन्टर नेपालको १९ औ साधारण सभा र २१ औ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहमा उनले अहिले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सकेत घेराबन्दीमा पारिएको दावी गरे ।

उनले भने,‘अहिले हाम्रो विरुद्ध वैदेशिक शक्ति पनि घेराबन्दीमा लागेको देखिन्छ । त्यसैले अनुरोध गर्छु घेराबन्दीको विरुद्धमा अगाडि बढ्नका लागि दृढ संकल्प गर्नुहोस् । हाम्रो पार्टीको र अध्यक्षलाई गरिएकोका घेराबन्दीको बिचमा अगाडि बढ्न दृढ रहनुहोस् ।’

उनले पार्टीमा गुटबन्दीलाई मान्यता नदिने भन्दै नेतृत्व सक्षम भएर मात्रै अगाडि बढ्न सकिने टिप्पणी गरे ।

उनले भने ‘पार्टी केही बिग्रिएको छ । यसको जिम्मेवारी हामी सबैले लिनुपर्छ । केहि मात्रामा बिग्रिनुका प्रमुख कारण भनेको नेता कार्यकर्ता जनतामा नजानु नै हो । दोस्रो कारण पार्टीमा गुटबन्दी छ । यो पार्टीमा गुटबन्दीलाई मान्यता दिइदैन । नेतृत्व सक्षम भएर मात्रै अगाडि बढ्न सकिन्छ ।’