शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोवार रकम २ अर्ब ६३ करोड
वि.सं.२०८० जेठ १४ आइतवार १५:२६
4.59K
shares
shares

काठमाडौं, १४ जेठ । पछिल्लो समय केहि मात्र सुधार भएको शेयर बजारमा साताको पहिलो कारोबारको दिन नै दोहोरो अंकको गिरावट आएको छ । आइतबार शेयर बजारमा १७ दशमलव ३८ अंकको गिरावट आएको हो । यो संगै शेयर बजार परिसूचक १९४१ बिन्दुमा पुगेको छ ।
आइतबार २७० कम्पनीका ७० लाख ५० हजार ०३९ कित्ता शेयर खरिद बिक्रीहुँदा २ अर्ब ६३ करोड ९६ लाख ५९ हजार ४९९ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ९० प्रतिशतले घटेको छ । १ दशमलव ९० प्रतिशतले घटेको सेन्सेटिभ इन्डेक्स ३६९ दशमलव ४२ विन्दुमा पुगेको छ ।




















