सामाजिक न्याय, संवृद्धि लक्षित बजेट ल्याएको छु : अर्थमन्त्री महत
वि.सं.२०८० जेठ १५ सोमवार १७:००
shares

काठमाडौं, १५ जेठ । आर्थिक वर्ष २०८०/८१ को बजेट संमृद्धि न्याय र सामाजिक न्यायतर्फ लक्षित भएर ल्याएको अर्थमन्त्री प्रकाश शरण महतले बताएका छन् ।
संघीय संसदमा आज बजेट प्रस्तुत गर्दै सबल अर्थतन्त्र निर्माण गर्नेतर्फ बजेट निर्देशित भएको उनले बताए । सोमबार संघीय संसदको संयुसक्त बैठकमा अर्थमन्त्री प्रकाश शरण महतले बजेट प्रस्तुत गर्दै धनि र गरिव बीचको खडललाई कम गर्ने खालको भएको बताए ।
उनले भने, ‘आम जनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्ने र पछाडि परेका वर्ग, क्षेत्र, लिंग र समूदायलाई आर्थिक लाभको पहुँचमा पुर्याउनेतर्फ बजेट लक्षित गरेको छ । सुशासन र सामाजिक न्याय कायम गर्न बजेट लक्षित रहनेछ ।’




















