Dhulikhel Eco Banner new

वैकल्पिक राजनीतिको बारेमा जनतालाई झक्कझक्याउन आवश्यक : अध्यक्ष बास्कोटा

5.17K
shares

काठमाडौं, १८ जेठ । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले नेपाली जनतालाई वैकल्पिक राजनीतिको बारेमा झक्झक्याउन आवश्यक भएको बताएकी छिन् ।

बिहीबार काठमाडौंमा आयोजित वैकल्पिक राजनीतिका प्रणेता स्व. उज्वल थापाको दोश्रो स्मृति सभा कार्यक्रममा उनले ठूलो ठूलो गफ भन्दा पनि काम गरेर देखाउने खालको राजनीति गर्नु पर्ने बताएकी छन् ।

उनले भनिन ‘नेपालको राजनीतिलाई उज्वल थापा जस्तो मान्छे चाहिएको छ । मेरो पछाडि कति जना छ र मैले के गर्न सक्छु भन्ने हैन् कि म धेरै सम्भावनाको ढोकोहरु खोल्न सक्छु भन्ने हिसावले काम गर्नुपर्छ । नेपाली जनतालाई वैकल्पिक राजनीति र हामीले गर्न खोजेको राजनीतिको विषयमा झक्झक्याउन आवश्यक छ । ’

कार्यक्रममा विवेकशील साझा पार्टीकी महासचिव रञ्जु दर्शनाले उज्वल थापाले नेपालको वैकल्पिक राजनीतिको बेस बनाउने काम गरेको बताए । ‘नेपालको राजनीतिमा वैकल्पिक राजनीतिको बेस बनाउन उज्वल थापाको नेतृत्वले काम ग¥यो । सायद उहाँ नभएको भए विवेकशील साझा पार्टी हुँदैन् थियो । ’