ग्लोबल आइएमई लघुवित्त डेढगाँउ शाखाद्धारा प्रतिक्षालय हस्तान्तरण
वि.सं.२०८० जेठ २१ आइतवार १६:४५
shares

काठमाडौं, २१ जेठ । कास्कीमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय डेढगाउँले आज बौदिकाली गाउँपालिका वडा नं–२ स्थित प्रसिद्ध अकला देवि मन्दिर परिसरमा दर्शनार्थिहरुका लागि प्रतिक्षालय निमार्ण गरी एक कार्यक्रमका बिच मन्दिर व्यवस्थापन समितीका अध्यक्ष टंक पुलामीलाई हस्तान्तरण गरेको छ ।
संस्थाले सामाजिक उत्तरदायित्व कोष कार्यक्रम अन्र्तगत यस किसिमका सामाजिक कार्यहरु गर्दै आइरहेको र आगामी दिनमा समेत निरन्तरता दिने लक्ष्य रहेको छ । कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुलामीले वित्तीय संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै आगामी दिनमा समेत यस किसिमका सहयोगको अपेक्षा राखेका छन् ।
कार्यक्रममा संस्थाको तर्फबाट अनुगमन अधिकृत नबराज के.सी, शाखा प्रमुख अनिश पोख्रेल, गाँउपालिका तथा वडा प्रतिनिधि बुद्धिराज श्रेष्ठ, मन्दिर व्यवथापन समितिका पदाधिकारीहरु साथै समाजसेवि होमनाथ भट्टराई र स्थानीय बुद्धिजिवीहरुको उल्लेख्य सहभागिता रहेको थियो । हाल वित्तीय संस्थाले देशका विभिन्न ५४ जिल्लामा १२० वटा शाखा कार्यालयहरुमार्फत १ लाख ५० हजार भन्दा बढि ग्राहक सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।















