Dhulikhel Eco Banner new

नागरिकता विधेयकमा सत्तापक्षबाट मधेशलाई ठग्ने काम भयो : सांसद झा

7.58K
shares

काठमाडौं, २२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारले नागरिकता विधेयकलाई सटकट माध्यमबाट झारो टार्ने गरीमात्र प्रमाणीकरण गरेको आरोप लगाएका छन् ।

सोमवार प्रतिनिधि सभाको बैठकमा उनले सत्तापक्षबाट नागरिकता विधेयकलाई सटकट माध्यमबाट झारो टार्ने गरी प्रमाणीकरण गरेर मधेशलाई ठग्ने काम गरेको टिप्पणी गरे ।

उनले भने‘मधेश फेरि एकपटक ठगिएको छ सत्तापक्षबाट । नागरिकता विधेयकलाई सटकट माध्यमबाट झारो टार्ने गरी र मधेशलाई ठग्नेगरी प्रकृया गरियो ।’

उनले विधेयकलाई फेरि सदनमा छलफलका लागि ल्याउन माग गरे ।