सुनको मुल्य बढ्ने क्रम जारी, कतिमा हुँदै छ कारोबार ?
वि.सं.२०८० जेठ २३ मंगलवार १२:५८
6.06K
shares
shares

काठमाडौं, २३ जेठ । नेपाली बजारमा सुनको भाउ आज पनि बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ पुगेको छ ।
चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँले बढेर १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

















