Dhulikhel Eco Banner new

एमाले निर्वाचित भएको क्षेत्रहरुका लागि ओलीले मागे २५ अर्ब

4.93K
shares

काठमाडौं, २३ जेठ । अर्थमन्त्रीसँगको भेटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २५ अर्ब रुपैयाँ मागेका छन् । उनले एमाले निर्वाचित भएको क्षेत्रहरुका लागि भनेर छुट्टै २५ अर्ब रुपैयाँ मागेका हुन् ।

यो माग पूरा गर्न तयार भए करको दर हेरफेरमा उठेको प्रश्नबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडानबाट पछाडी हट्ने शर्त एमालेको छ । यही कुरा यसअघि नै एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरी र सचेतक महेश बर्तौलाले पनि अर्थमन्त्री महतलाई सुनाएका थिए ।

फेरिपनि ओलीले आफैँ भेटेरै यो शर्त राखेका हुन् ।