Dhulikhel Eco Banner new

मैले कुनैपनि प्रभावमा परेर काम गरेको छैन : अर्थमन्त्री महत

4.84K
shares

काठमाडौं, २३ जेठ । अर्थमन्त्री प्रकाश शरण महतले इमान्दार भएर काम गर्दा पनि आफूमाथि प्रश्न उठाइएको दावी गरेका छन् ।

बजेट निर्माणका क्रममा विचौलिया छिराएको आरोपबारे सदनलाई मंगलबार जवाफ दिने क्रममा उनले आफूले इमान्दार भएर राष्ट्रको पक्षमा काम गरेको तर एउटा संचार माध्यमले लेख्ने साथ सत्य ठानेर आफूमाथि प्रहार भएको जिकिर गरे ।

उनले भने ‘इमान्दार भएर काम गर्न कति कठिन हुँदो रहेछ । इमान्दार हुँदा खेरी प्रश्न माथि प्रश्न उठ्ने रहेछ । एउटा पत्रिकाले पटक पटक होहो¥याउछ र त्यसैलाई हामी सत्य ठान्छौं । त्यसको यथार्थलाई बुझ्न चाहाँदैनौं । मैले पारदर्शी ढंगबाट काम गरेको छु । कुनै पनि प्रभावबाट मैले काम गरेको छैन् । यो पद र जिम्मेवारिमा रहेसम्म पूर्णरुपमा आफ्नो जिम्मेवारी बहन गर्ने छु । ’ उनले भने ।