Dhulikhel Eco Banner new

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

3.67K
shares

काठमाडौं, २९ जेठ । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बस्ने भएको छ ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०–८१ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटमा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूचि रहेको छ ।

जेठ १५ गते प्रस्तुत आगामी वर्षको बजेटमाथिको छलफल हिजो सकिएपछि आज अर्थमन्त्रीले जवाफ दिन लागेका हुन् ।