Dhulikhel Eco Banner new

घोराही सिमेन्ट उद्योगको आईपीओमा आजदेखि आवेदन दिन सकिने

6.33K
shares

काठमाडौं, ३२ जेठ । घोराही सिमेन्ट उद्योगले आजबाट सर्वसाधारणका लागि ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको शेयर बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीको जारी पुँजी रु. ३ अर्ब ९७ करोड रहेको छ । जसको २० प्रतिशत कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको छ ।

कम्पनीको जारी पुँजीबाट ३ लाख ९७ हजार १९० कित्ता आयोजना प्रभावित स्थानीयलाई र ७ लाख ५४ हजार ६ सय ६१ कित्ता शेयर विदेशमा रहेका नेपाली नागरिकलाई वैशाख १८ गतेदेखि जारी गरेको थियो ।

यसअघिको सबै बाँडफाँट र आरक्षणपछिको बाँकी शेयरसहित कुल ६९ लाख ११ हजार ६७० कित्ता सर्वसाधारणका लागि रहेको छ, जसको निष्कासन आज खुल्दैछ ।