राष्ट्रियसभाको बैठक २ बजे बस्दै, विनियोजन विधेयक प्रस्तुत गरिने
वि.सं.२०८० असार १५ शुक्रवार १०:०६
shares

काठमाडौँ, १५ असार । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो साढे २ बजे बस्नेछ ।
बैठकमा राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले विनियोजन विधेयक २०८० को सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन् भने अर्थमन्त्री डा.प्रकाशशरण महतले विनियोजन विधेयक २०८० बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
त्यसैगरी, शिक्षा मन्त्री अशोक राईले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि छलफलका साथै पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
कार्यसूची अनुसार मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्न बनेको विधेयक २०८० माथि दफावार छलफल हुने र सो विधेयक पारित गर्ने कार्यक्रम रहेको छ ।

















