Dhulikhel Eco Banner new

वर्किङ क्यापिटल गाइडलाइनले कमर्सियल बैंक र व्यवसायीहरु बिच राम्रो सम्बन्ध बिस्तार गर्यो : अध्ययक्ष ढकाल

9.53K
shares

काठमाडानैं, २१ असार । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले क्यापिटल सबै इरेज भएको बताएका छन् । आर्थिक वर्ष २०८०/ ८१ को पूर्व मौद्रिक नीति अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले वर्किङ क्यापिटल गाइडलाइनले कमर्सियल बैंक र व्यवसायीहरु बिच राम्रो सम्बन्ध बिस्तार गरेको बताएका हुन् ।

उनले, कुनै पनि क्षेत्रमा लगानी गर्दा ध्यान नदिएको भन्दै व्यवसायीको पनि गल्ती भएको स्वीकार गरे । उनले बैंकले अध्ययन नै नगरी सजिलै ऋण दिएको कारण पनि समस्या निम्तिएको बताए । उनले भने,‘जुनसुकै क्षेत्रमा पनि लगानी गर्दा ध्यान नपुर्याइ लगानी गर्नुु गल्ती हाम्रो पनि हो तर बैंकले पनि ऋण दिने बेला गल्ती चाहिँ गरेको छ। ’

बैंक तथा वित्तीय संस्थाहरुलाई टाइट गरेर आउदो दिनहरुमा केहि गल्ती भए राष्ट्रबैंकको नीति भन्दा पनि कडा भएर जाने भन्ने नीति बनाउन राष्ट्र बैंकको गर्भनर अधिकारीलाई आग्रह गरेका छन् । बेसरेट घट्नुपर्ने व्यवसायीहरुको माग रहेको भन्दै मुद्धती र बचत खाताको ब्याजदर पाँच प्रतिशत फरक हुनुपर्ने समेत उनले बताएका छन् ।

उनले मौद्रिक नीतिमा निजी संघ एक भएर उभिने बताए । अध्यक्ष ढकालले भने, ‘हामीले राष्ट्र बैंकलाई विभिन्न समयमा सुझाव दिदै आएका छौं यो हाम्रो पहिलो सुरुवात होइन्। म साथीहरुलाई भन्न चाहन्छु,आउने दिनमा चाहे मौद्रिक नीतिको कुरा होस् वा बजेटमा सुझाव दिने कुरामा किन नहोस हामी एउटै हिसावमा,एउटै आवाजमा राष्ट्र बैंकलाई दवाबमा राख्न चेम्बर, सिएनआई र एफएनसीसीआई अगाडि बढ्नेछ ।’