Dhulikhel Eco Banner new

राजस्व संकलन चुनौतिपूर्ण छ : अध्यक्ष मल्ल

5.89K
shares

काठमाडौं, २१ असार । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले व्यवसायमा ह्रास आएको बताएका छन् । आर्थिक वर्ष २०८० ८१ को पुर्व मौद्रिक नीति अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राजस्व संकलन चुनौतीपूर्ण रहेको बताएका हुन् ।

अहिले अर्थतन्त्रमा जुन समस्या छ त्यसको कारण नै राजस्व संकलनमा समस्या भएको छ । उनले भने, मुद्धती खाताको र सामान्य खाताको ब्याजदर समयसापेक्ष उद्योग र व्यवसाय मैत्री बनाउनमा जोड दिएका छन् । ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाउनुपर्ने उनको भनाई छ ।

उनले राष्ट्रबैंकले अहिले रहेको अर्थतन्त्रको समस्यालाई मौद्रिक नीति मार्फत समेट्न समेत आग्रह गरेका छन् ।