Dhulikhel Eco Banner new

ऋण नलिइ देश समृद्ध हुदैन : अर्थमन्त्री डा. महत

5.33K
shares

काठमाडौं, २८ असार । अर्थमन्त्री डा. प्रकाशशरण महतले, ऋण नलिइ कुनैपनि देश समृद्ध हुन नसक्ने जिकिर गरेका छन् । बिहीवार राष्ट्रिय सभामा राष्ट्र ऋण उठाउने विधेयकमाथि उठेका प्रश्नको जवाफ दिदै उनले ऋण लिएर लगानी गर्ने, लगानी गरेर प्रतिफल ज्यादा लिनकै लागि सरकारले प्रयास गर्ने बताए ।

उनले भने ‘हामीले ऋण चाहिँ लिनु पर्छ । किनकी ऋण नलिइ आर्थिक समृद्धि हासिल हुदैन । कुनै पनि देश ऋण समद्ध भएको छैन ।’ यसअघि लिइएको ऋण सरकारले सदुपयोग नगरेको उनको तर्क छ ।

‘ऋण उत्पादनशील क्षेत्रमा प्रयोग भएन् । जहाँ लगानी भयो त्यसको अनुसार प्रतिफल प्राप्त हुने कुरामा अनिश्चितता भएको छ । त्यसमा हाम्रो चासो र चिन्ता छ । ’ उनले भने ।

यसअघि विधेयकमाथिको छलफलमा भाग लिदैँ सांसदहरुले ऋणको सदुपयोग नभए देशले दुख पाउने भन्दै चिन्ता व्यक्त गरेका थिए ।