दुर्गा प्रसाईंको अराजकता बढ्दो पत्रकारलाई समेत ज्यान मार्ने धम्कीदेखि तोसिमा कार्की विवादमा तानिएसम्म
वि.सं.२०८० असार ३१ आइतवार ०७:००
shares

काठमाडौं, ३१ असार । पछिल्लो समय लघुवित्त तथा वित्तीय संस्थाको विरोध गर्द आइरहेका, कालोमोसो दल्ने जस्ता अराजक गतिविधि सञ्चालन गर्ने घोषणा गरेका दुर्गां प्रसाईले पत्रकार रामकृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएका छन् । विकास न्युज डटकमका प्रधानसम्पादक पौडेललाई शुक्रबार फोन गरेर समाचारको विषयमा आपत्ति जनाउदै ज्यान मार्नेसम्मको धम्की दिएका हुन् । पौडेलका अनुसार प्रसाईले शुक्रबार साँझ ६ः५५ बजे फोन गरेर पौडेललाई ज्यान मार्ने धम्की दिएका हुन् ।
उनले विकासन्युज डटकमले आफ्नो विषयसँग सम्बन्धित समाचार लेखेको भन्दै सिध्याइदिने धम्की दिएका हुन् । ‘भाई तिमीले मेरो बारेमा धेरै समाचार बनायौ, तिमीले मलाई चिनेका छैनौं, मसँग निहुँ खोज्नेलाई बाँकी राख्दिनँ, धेरैलाई मैले सिध्याएको छु, मलाई कसैले पनि जित्न सक्दैनन्, बुझ्यौ भाई’, प्रसाईको भनाइलाई उदृत गर्दै प्रधान सम्पादक पौडेलले भने ।
प्रधानमन्त्रीकी पत्नी सिता दाहालको मृत्यु, तोसिमा कार्की र कृष्ण कडेल विवादमा तानिए
प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार आफ्नी पत्नी गुमाए। लामो समयदेखि रोगले थलिएकी सीता दाहालको नर्भिक अस्पतालमा निधन भयो। उनलको पार्थिव शरीरलाई केही समय पार्टी कार्यलय पेरिस डाँडा कोटेश्वरमा राखिएको थियो। देशकै प्रधानमन्त्रीको पत्नीको निधनमा विभिन्न वरिष्ठ व्यक्तित्व, राजनितिक दलका नेता कार्यकर्ता र अन्य सर्वसाधारणको भीड थियो।
भीडलाई नियन्त्रण गर्न हम्मे हम्मे परेको थियो। पार्टी कार्यलयमा उपस्थित सबैले सीता दाहालको पार्थिक शरीरमा फुलमाला चढाएर अन्तिम श्रद्धान्जली दिएका थिए।
र त्यस दिन यता सिता दाहालको मृत शरिरको फोटा भिडियो सँगै रँस्व्प्ँक् िसँंद तोसिमा र पत्रकार कृष्ण कडेँललको भिडियो पनि निकै भाइरल भइरहेको छ ।
सो दृश्यले भने हेर्ने सबैलाई बेचैन बनाएको छ। सार्वजानिक भएका केही भिडियोमा मानिस कत्ति असंवेदनशील भएछन् र मानवीयता कुन हदसम्म हराएछ भन्ने स्पष्ट देखिन्छ। सांसद् डा. तोसिमा कार्कीको अभिव्यक्तिले सबैको ध्यान खिँचेको छ । सांसद् कार्कीको अभिव्यक्तिलाई अधिकांशले अमानवीय र अपरिपक्कताको पराकाष्ट मानेका छन्। बुधबारकै अर्काे दृश्य पनि आलोचित बनेको छ त्यो हो। संचारकर्मी कृष्ण कँडेलको एक भिडियो। कँडेल टेलिभिजनमा निकै लोकप्रिय छन्। उनको लोकदोहोरी सम्बन्धी कार्यक्रम इन्देणी गाउँदेखि शहरसम्म लोकप्रिय छ।
उनै कँडेल स्वर्गीय दाहाललाई श्रद्धान्जली दिन पार्टी कार्यालय पेरिसडाँडामा पुगेका थिए। श्रद्धान्जली दिन फुलमाला लिएर बसेकाको भीडमा उनी मोबाइल लिएर भिडियो खिच्दै पुगेका देखिन्छ।
आफूले माला चढाउने समयमा उनले हतार हतार मोबाइल अर्का सहकर्मी छत्र शाहीलाई थमाउँछन् र आफू मोबाइलमा हेर्दै माला चढाएर नमस्कार गर्छन्। उनको यस्तो हर्कत आलोचनाको पात्र त पक्कै पनि छ। तर त्यो भन्दा बढि मानवमा हराउँदै गएको मानवीयताको एउटा गतिलो उदाहरण बनेर सधैं सम्झिइने छ।
माइक र क्यामरा बोकेर जता पनि घुस्ने र बोल्न थालि हाल्ने संचारकर्मी कँडेल प्राय जसो ठाँउमा विवादमै रहन्छन्। तर हिजोको उनको यस्तो कृयाकलापले भने गर्नेलाईभन्दा हेर्नेलाई असहज बनाएको छ। यस घटनापश्चात सांसद कार्कीले माफी समेत मागेकी छिन् ।
पाँच हजार मात्रै धरौटीमा छुटे आठ कलाकार
‘वान एक्स बेट’ प्रचारप्रसार गरेको आरोपमा पक्राउ परेका कलाकारहरु धरौटीमा रिहा भएका छन्। बल्छी ध्रुबे र राजु मास्टरसहितका आठ जना कलाकार बुधबार पाँच हजार धरौटी तिरेर रिहा भएका हुन्। जिल्ला अदालत काठमाडौंको आदेशमा उनीहरु धरौटी बुझाएर रिहा भएका हुन्।
रिहा हुनेहरुमा मरिचमान श्रेष्ठ९बल्छी ध्रु्बे०, राजु पौडेल९राजु मास्टर०, जलन घर्तीमगर, अलिश राई, गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरे रहेका छन्।
प्रहरीले २५ दिन लामो अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो। जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको थियो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कलाकारसहित १० जनालाई पक्राउ गरेर थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको थियो।
यस्तै दिनेश खड्काले भने १० लाख धरौटी बुझाएर रिहा भएका छन् । दिनेश खड्काकी प्रेमिका अनिता धिताल पनि पाँच लाख धरौटी बुझाएर रिहा भएकी छन्।
मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाकै मृत्यु
मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। मंगलबार बिहान १० बजे सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘नाइन एनए–एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटना भएको हो।
दुर्घटनामा परी ६ जनाकै मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए।
हेलिकप्टर पाइलट चेतबहादुर गुरूङले उडाएका थिए। यात्रुहरू पाँचै जना मेक्सिकन नागरिक थिए । बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो। उक्त हेलिकप्टर पौने ११ बजे काठमाडौं आइपुग्नुपर्ने थियो। तर सम्पर्कविहीन भएको खबर पाएपछि प्रहरीको टोली परिचालन गरिएको थियो।
कान्तिपुर टेलिभिजन विवादमा, हट्यो पल शाह र सन्दिप क्षेत्रिको कुराकानीको भिडियो
बलात्कारको विषय मजाक बनाएको भन्दै आलोचना भएको टेलिभिजन कार्यक्रम ‘ह्वाट द फ्लप’ युट्युबबाट हटेको छ । प्रसारण संस्था कान्तिपुर टेलिभिजनले उक्त कन्टेन्ट युट्युवबाट फिर्ता लिएको जनाएको छ ।
‘गत शनिबार प्रसारित ‘ह्वाट द फ्लप’मा छानिएका पात्र र गरिएको संवादबारे जनस्तरबाट प्राप्त प्रतिक्रियालाई कान्तिपुर टेलिभिजनले सम्मान गर्दै महिलाको प्रतिष्ठा र सम्मान कान्तिपुरको आधारभूत प्रतिबद्धताको साथै एजेन्डा पनि भएको भन्दै सो कार्यक्रमको कन्टेन्ट युट्युबबाट फिर्ता गरिएको कान्तिपुरले जनाएको छ ।
गत शनिबार प्रसारित कार्यक्रम ‘ह्वाट द फ्लप’ नाबालिग बलात्कारको आरोपमा जिल्ला र उच्च अदालतबाट सफाइ पाएका अभिनेता पल शाहलाई प्रस्तोता सन्दीप क्षेत्री अतिथिको रुपमा बोलाएका थिए ।
कार्यक्रममा उनले जेल पर्दाको अनुभव सुनाइरहँदा क्षेत्रीले त्यसलाई मजाक बनाउँदै हाँसेका थिए । बलात्कारजस्तो संवेदनशील विषयलाई राष्ट्रिय टेलिभिजनमा मजाकको विषय बनाइएको कार्यक्रम, टेलिभिजन र प्रस्तोताको अहिले व्यापक आलोचना भइरहेको छ ।



















