Dhulikhel Eco Banner new

प्रभु क्यापिटलले संचालनमा ल्यायो लोयल्टी एण्ड रिफरल टिकटक कम्पिटिसन

4K
shares

काठमाडौं, ७ साउन । मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले आफ्नो सेवाग्राहीका लागि सेवा संगै लोयल्टी पोइन्टस् साथै रिफरल योजना लन्च गरेको छ । यसै परिप्रेक्ष्यमा प्रभु क्यापिटल लिमिटेडले ‘ प्रभु क्यापिटल लोयल्टी एण्ड रिफरल टिकटक कम्पिटिसन’ संचालनमा ल्याएको छ । यो योजना श्रावण मसान्त सम्म संचालन हुने भएको छ ।

यस टिकटक कम्पिटिसन अन्तर्गत सहभागीहरुले प्रभु क्यापिटल लिमिटेडको टिकटक अकाउन्टमा राखिएको जिङ्गलको ओर्जिनल भ्वाइसमा टिकटकबनाई #prabhuloyaltyandreferal राखी पोस्ट गर्नुपर्ने हुन्छ । सबै भन्दा धेरै लाइकको आधारमा विजेता छनौट गरिने र विजेताले रु १०,००० जित्न सकिने क्यापिटलले जनाएको छ ।

प्रभु क्यापिटलले नेपाली पूँजीबजारको क्षेत्रमा सदैव नयाँ नयाँ प्रविधिको विकास गरी नवप्रवर्तनमा जोड दिनेगरेको तथा ग्राहकहरुलाई दिने सेवामा सहजीकरण गर्दै आएको छ लोयल्टी पोइन्टस् साथै रिफरल योजनाको बारे थप जानकारीको लागि प्रभु क्यापिटल लिमिटेडको फोन नम्बर ९८४००७६१०० मा समेत सम्पर्क गरी जानकारी पाउन सकिने कम्पनीले जनाएको छ ।