सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८० साउन ८ सोमवार ११:२७
3.56K
shares
shares

काठमाडौं, ८ साउन । साताको सुन कारोबारको दोस्रो दिन आज सोमबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ३ सयले घटेर प्रतितोला १ लाख १२ अजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार ३ सयमा कारोकार भएको थियो । त्यस्तै तेजावी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको थियो ।
साथै, सोमबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १४ सय ६० रुपैयाँ कायम भएको छ ।














