Dhulikhel Eco Banner new

एकदिन पनि टिकेन शेयर बजारको हरियाली

8.55K
shares

काठमाडौं, ८ साउन । हिजो भारी अंकले सुधार आएको शेयर बजारमा आजभने दोहोरो अंकको गिरावट आएको छ । आज २७ दशमलव ७२ अंकले गिरावट आएको शेयर बजार परिसूचक २२०० दशमलव ५० विन्दुमा पुगेको छ ।

सोमबार २६५ कम्पनीका २ करोड ९ लाख ७९ हजार ८८७ कित्ता शेयर खरिद बिक्री हुँदा ४ अर्ब ७३ करोड ७६ लाख ८ हजार ८१० रुपैयाँको कारोबार भएको छ ।

आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज ६ दशमलव १४ अंकले घटेको सेन्सेटिभ इन्डेक्स ४१८ दशमलव ७८ विन्दुमा पुगेको छ ।