नेपाल र जापान सम्बन्ध बढाउने उद्देश्यले अखण्ड दीप प्रज्वलन
वि.सं.२०८० साउन १३ शनिवार १२:०१
shares

काठमाडौं, १३ साउन । १७ वर्ष सम्म जापानमा रही व्यवसायिक जिवन बिताएर नेपाली फर्की नेपालमानै केहि गर्छु भन्ने हेतुले नेपाल फर्किएका अर्जुन अधिकारीले २०७४ साल देखि नेपालमा जापानिज खाना नेपालमै खुवाउने उद्देश्यले काठमान्डौ बुढानिलकण्ठमा रहेको पार्क भिलेज होटेलको हातामा होक्काइडो रामेन हाउस नामक रेस्टुरेन्ट सुरु गरेका थिए ।
उक्त रेस्टुरेन्टको सफलता पछि अहिले अधिकारीले नेपालका विभिन्न ७ स्थानमा जापानिज रेस्टुरेन्ट संचालन गरिसकेका छन्। कुनै न कुनै प्रकारले नेपाल र जापान बिचको सम्बन्धमा पुलको काम गर्ने अधिकारीको चाहना अहिले जापानीज खाना मार्फत नेपालमा जापानिज संस्कृति र प्रचलन को प्रबर्धन गर्ने जमर्को समेत गरेका छन् । केही दिन अघि मात्र लाजिम्पाट स्थित रेडिसन होटेलको हाताभित्र इजाकाया होक्काइडो नामक रेस्टुरेन्ट समेत संचालन गरेका छन्।
जापानी भाषाका ‘इजाकायाु को अर्थ बस्ने, पिउने र आराम गर्ने ठाउँ भनेर बुझिन्छ। रेष्टुरेन्टमा प्रमाणिक जापानी खाना राति एक बजेसम्म उपलब्ध हुने सञ्चालक अधिकारीले जानकारी दिए। काठमाडौंको मध्यभागको रेष्टुरेन्टले जापानी खानाका पारखीलाई उत्साहित बनाउनेमा विश्वस्त रहेको बताए। नेपालीले अन्य खानाका लागि गर्ने खर्चकै हाराहारीमा जापानी खानाको स्वाद लिन सक्ने छन्।
रिसोर्ट र रेष्टुरेन्टले जापानी खानाका पारखीको सेवा मात्र गर्दैन, आफूसँग आवद्ध १३० भन्दा बढि दक्ष कर्मचारिलाई पुर्ण व्यवसायिक बनाएर विभिन्न परियोजनामा लगानी गर्न पनि प्रोत्साहन गरेको छ । भविष्यमा नेपाल र जापानबीचको सम्बन्धलाई स्वादमार्फत् जोड्दै जाने र उद्यमी उत्पादन र सेवा विस्तार समेतको लक्ष्य रहेको छ।
जापानी खानाको मौलिक स्वाद कायम राख्न एचएनबीजीले जापानबाट आएका सेफको प्रत्यक्ष निगरानी र निर्देशनमा सेन्टर किचेनु समेत सञ्चालन गरेको छ। ुसेन्टर किचनबाटै सबै आउटलेटमा खाना आपूर्ति हुन्छ, स्वादको मानक र एकरुपता कायम गर्ने उद्देश्य रहेको उनले बताए।छिट्टै होक्कईदो नेपाल बिजनेस कम्पनि ले जापनिज सौन्दर्य का सामग्रि र कस्मेटिक सामग्रि जापानकै मुल्यमा स्वदेश मा ल्याई बिक्रि गर्ने लक्ष्य समेत राखेको छ।
नेपालमा काम गर्न ईच्छुक ब्यक्ति लाई आफ्नै परामर्श केन्द्रमा जापनिज भाषा पढाई जापानमा काम सिक्नको लागि पठाउने र काम सिकिसकेपछि आफ्नो कम्पनिमा आकर्षक तलब दिएर राख्ने उदेश्य समेत रहेको छ। हाम्रो उद्देश्य व्यापार मात्र होइन । दक्ष जनशक्ति उत्पादनसँगै उद्यमशीलताको प्रवर्द्धन तथा नेपाल-जापनबीचको सम्बन्ध जनस्तरमा थप स्थापित गराउनु रहेको अधिकारीले बताए।
नेपाल र जापानको आपसी सम्बन्धलाई अझै प्रगाढ बनाउदै नेपाल र जापान बिच अझै व्यवसायिक क्रियाकलाप हरु बढाउने उद्देश्यले नेपालमा जापानको साइसान कम्पनि लिमिटेडको लगानी रहेको ग्यास वान नेपाल प्रा लि को संलग्नतामा बुढानिलकण्ठ स्थित डेक्काइदो फार्म हाउस मा एउटा अखण्ड दीप प्रज्वलन संरचना समेत तयार गरिएको छ।
होक्काइडो नेपाल बिजिनेस र ग्यास वान नेपाल प्रा लि को संयुक्त प्रयासमा साउन ११ गते बिहीबारका दिन अखण्ड शान्ति दीप प्रज्वलन कार्यक्रमको समेत आयोजना गरिएको थियो।दीप प्रज्वलन कार्यक्रममा नेपाल स्थित जापानीज दुतावासका काउन्सिलर ताकाहिरो तमुरा, जापानिज च्याम्बर अफ कमर्सका अध्यक्ष तात्सू मात्सुमोतो लगायत अन्य निजि क्षेत्र, संस्थानका प्रतिनिधि समेतको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपालका तर्फ बाट विभिन्न निजि तर सरकारी क्षेत्रका व्यक्तित्व हरुको उपस्थिति रहेको थियो।



















