अमेरिकी डलरको मूल्य बढ्यो, कुन देशको विनिमय दर कति ?
वि.सं.२०८० साउन १८ बिहीवार १०:०२
shares

काठमाडौं, १८ साउन । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार आज, अमेरिकी डलरको मूल्य बढेको छ । आज १ रुपैयाँले बढेको अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८४ पैसा र बिक्री दर १३२ रुपैयाँ ४४ पैसा पुगेको छ ।बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५६ पैसा र बिक्री दर १६९ रुपैयाँ ३२ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ७५ पैसा र बिक्री दर १४५ रुपैयाँ ४१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १९ पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको छ ।
त्यस्तै, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । क्यानाडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ११ पैसा रहेको छ भने विक्रि दर ९९ रुपैयाँ ५६ पैसा रहेको छ ।















