Dhulikhel Eco Banner new

अपर हेवाखोला हाइड्रोपावरकोे आईपीओ खुल्यो

5.33K
shares

काठमाडौं, १० जेठ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ १० गते मंगलबारदेखि ५ करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्रीमा ल्याएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका स्थानीय बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित दरका ५ करोड मूल्यको ५ लाख कित्ता साधारण सेयर जारी गरेको हो ।

संखुवासभा जिल्लाका स्थानीयले न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि जेठ २४ गतेसम्म आवेदन दिनुपर्नेछ भने सो अवधिमा सबै सेयर खरीदका लागि माग नपरेको खण्डमा ढिलोमा असार ८ गतेसम्म आवेदन दिनु पर्नेछ ।

स्थानीय बासिन्दाले प्रभु बैंकको खाँदबारी शाखा, ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, सिद्धार्थ बैंकको खाँदबारी शाखा, प्राइम कमर्सियल बैंकको खाँदबारी, तुम्लिङटार, सभापोखरी शाखा र नेपाल बङ्गलादेश बैंकको पाँचखपन शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यसैगरी नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ ।