Dhulikhel Eco Banner new

शेयर बजारमा गिरावट, कारोबार रकम २ अर्ब ९ करोड

5.98K
shares

काठमाडौं, २९ साउन । कारोबारको दोस्रो दिन आज शेयर बजारमा गिरावट आएको छ । आज सोमबार ३ दशमलव ६१ अंकको सुधार आएको छ । आज ३अंकले घटेको शेयर बजार २०७७ दशमलव २४ विन्दुमा पुगेको छ ।

आज २७९ कम्पनीका ५४ लाख १७ हजार ९२८ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब ९ करोड १३ लाख ९० हजार ६३८ रुपैयाँको कारोबार भएको छ ।

आज क वर्गको कम्पनीको मापन सेन्सेटिभ इन्डेक्स भने बढेको छ । आज ० दशमलव ०६ अंकको सुधार आएको सेन्सेटिभ इन्डेक्स ३९८ दशमलव १३ विन्दुमा पुगेको छ ।