Dhulikhel Eco Banner new

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन र सुरक्षा रणनीति व्यापक हेरफेरको तयारी

4.71K
shares

काठमाडौं, ३२ साउन । सुन तस्करी प्रकरण पछि सरकारले त्रिभुवन अन्तर्राष्टि विमानस्थलको व्यवस्थापन र सुरक्षामा व्यापक हेरेफेरको तयारी गरेको छ । व्यवस्थापकीय र सुरक्षाका हिसाबले पनि कतिपय कमजोरी भएका कारण तस्करी हुने गरेको निष्कर्श निकाल्दै सरकारले व्यापक हेरफेरको तयारी गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसका लागि बुधबारमात्रै सरोकारवालाहरुसँग समेत छलफल गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा सहभागीहरुले व्यवस्थापन सम्बन्धी नयाँ कार्यविधिको आवश्यक रहेको सुझाव दिएका थिए । कतिपय सहभागीहरुले यसका लागि छुट्टै कार्यदल बनाएर काम गर्न समेत सुझाव दिएका छन् । सुझाव पछि प्रधानमन्त्री प्रचण्डले आफूले चाडै उचित निर्णय लिने बताएका छन् । सुन तस्करी हुनुमा संयनत्रको पक्कै केही कमजोरी रहेको भन्दै अब त्यस्तो हुन नदिने उनले बताएका छन् ।

तस्करीहरु उम्किएलान कि भन्ने आम चासो रहेको भन्दै अपराधिहरुलाई पानीमुनी गए पनि नछाड्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । गल्ती गर्नेहरु आफ्ना वा अर्काको कसैको पनि हुन नसक्ने प्रधानमन्त्री प्रचण्डले बताउदै आएका छन् ।