धिमे बाजा संरक्षणका लागि बेष्ट फाइनान्सले दियो पाँच लाख
वि.सं.२०८० भदौ ८ शुक्रवार १९:०६
shares

काठमाडौं, ८ भदौ । बेष्ट फाइनान्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत परम्परागत धिमेबाजा संरक्षणका लागि पाँच लाख सहयोग गरेको छ ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमका विच संस्थाले काठमाडौं, ललितपुर र भक्तपुरका १० वटा खल गुठीलाई पचास हजारका दरले पाँचलाख रुपैयाँ प्रदान गरेको छ ।
संस्थाका प्रमुख लगानीकर्ता गैर आवासीय नेपाली संघका उपाध्यक्ष राजेन्द्रकुमार शर्माको प्रमुख आतिथ्यमा सम्पन्न तथा ज्यापु समाज यलका अध्यक्ष तिर्थलाल महर्जन र वरिष्ट पत्रकार गोपाल गुरागाईको आतिथ्यमा सम्पन्न कार्यक्रममा सहयोग रकम प्रदान गरिएको थियो ।
संस्थाका सञ्चालक खिमलाल पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा ज्या दाफा खल ः खोकना ललितपुरलाई ५० हजार, गुरु नित्य नाथ चाःवहि खल चावहिललाई ५० हजार प्रदान गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारीले जानकारी दिए ।
त्यस्तै मानन्धर सनागु खलः न्हुसा झोछे, फय गं धिमे वाज खलः काठमाडौं, मख ज्यापु गुथि मखनगल्ली काठमाडौलाई ५० हजारका दरले प्रदान गरिएको प्रमुख कार्यकारी अधिकृत भण्डारीले जानकारी दिए ।
सोही कार्यक्रममा मचा सांस्कृतिक पुच मरुध्वका काठमाडौं, न्हुसा ल्यायम्ह पुचः धर्मपथ काठमाडौ, राज गणेश धिमे खल थिमि भक्तपुर, भिद्योलाछी टोल सुधार समित लगनखेल र पुसल युथ क्लब तारेकश्वरलाई पनि ५० हजारका दरले प्रदान गरिएको छ ।














