Dhulikhel Eco Banner new

माछापुच्छ्रे बैंकको प्रिओरिटि पास सुविधा

7.51K
shares

काठमाडौं, ८ भदौ । डिजिटल इकोनोमी प्रवद्र्धनमा प्रभावकारी भुमिका निभाउदै आएको माछापुच्छ्रे बैंक लि.ले प्रिओरिटि एयरपोर्ट लाउन्ज पास सुविधा ल्याएको छ । जस अन्तर्गत प्रिओरिटि एयरपोर्ट लाउन्ज पास धारकले विश्वको कुनै पनि एयरपोर्टबाट यात्रा गर्दा बिना झन्झट उक्त पासको प्रयोग गरि सरल र सहज तरिकाबाट एचष्यचष्तथ लाउन्ज प्रिमियम सुविधाको लाभ उठाउन सक्नेछन् ।

यो प्रिओरिटि पास सुविधा विश्वको सबैभन्दा ठूलो स्वतन्त्र एयरपोर्ट प्रिमियम लाउन्ज सुविधा हो, जस अन्तर्गत कोलिन्सन ग्रुप, यु.के. ले व्यवस्थापन गरेको संसारभरका १४० भन्दा बढी देशका ६६० शहरहरुमा अवस्थीत ज्ञद्धण्ण्ं एयरपोर्टमा रहेका एयरपोर्ट लाउन्ज हरुमा प्रिमियम लाउन्जको सुविधा लिन सकिनेछ ।

प्रिओरिटि पासले उडान गर्नु अघि, एयरपोर्ट लाउन्ज अनुसार सोफामा आराम गर्न र निशुल्क खाना तथा खाजाको आनन्द लिन वा निशुल्क वाइफाइ प्रयोग गर्न लगायत अन्य अतिरिक्त सुविधाहरु सहित लाउन्जको अनुभव प्रदान गर्दछ ।