Dhulikhel Eco Banner new

बुबा आमाको नाममा पाशुपति क्षेत्रमा वर पिपल रोप्दै मन्त्री किरातीे

7.1K
shares

काठमाडौं, ९ भदौ । संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्री सुदन किरातीले स्व.बुबा र आमाका नाममा पाशुपति क्षेत्रमा वर,पिपल रोपेका छन् ।

शनिबार सामाजिक सञ्जालमा उनले बुबा र आमाको सम्झनामा प्रकृतिको लागि पशुपतिमा वर र पिपल रोपेर आजैबाट बुबाको काम सकेको जानकारी दिएका हुन् ।

उनले लेखेका छन् ,‘सम्झनामा बुबा र आमा बर र पिपल हुनुभयो । पितृको संसारमा जानु भएको बुबा र आमाको सम्झनामा प्रकृतिको लागि पशुपतिमा वर र पिपल रोपियोसंगै आजैबाट बुबाको काम सकियो ।’

थप सामाजिक र सिर्जनात्मक काम उहाँहरुको नाममा काम गर्दै जाने प्रतिवद्धता जनाउँर्दै थप लेखेका छन् । ‘समय र स्वास्थ्यले साथ दिएमा थप सामाजिक र सिर्जनात्मक काम उहाँहरुको नाममा गर्दै जानेछु ।’