काठमाडौं महानगरमा शुक्रबार शोक बिदा
वि.सं.२०८० भदौ २१ बिहीवार १५:३७
3.6K
shares
shares

काठमाडौं, २१ भदौ । काठमाडौं महानगरपालिकाले भोलि शुक्रबार शोक बिदा दिने भएको छ ।
काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले शोक बिदा दिएको हो ।
काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा रिजालको बिहीबार बिहान साढे ७ बजे निधन भएको थियो । अस्पतालकाअनुसार रिजाललाई भाइरल निमोनियाको संक्रमण देखिएको थियो ।




















