Dhulikhel Eco Banner new

अन्तर बैंक फुटसल टुर्नामेन्ट सम्पन्न

7.03K
shares

काठमाडौं,८ असोज । नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिको आयोजनामा संविधान दिवसको अवसरमा आयोजित अन्तर बैंक फुटसल टुर्नामेन्ट सम्पन्न भएको छ ।

धनयन्तरी फुटसल हव हाँडीगाउँमा सम्पन्न फुटसलमा पुरुष समुहतर्फ एनआईसी एसिया बैक र महिला तर्फ ग्लोबल आइइमई बैंक बिजयी भएका छन् ।

एनआइसी एसिया बैंकले फाइनल खेलमा प्राइम कमर्सियल बैंकलाई ३ का बिरुद्ध ४ गोलले पराजित गर्दै बिजेता बनेको हो ।

ग्लोबल आइएमई बैंकको महिला समुहले फाइनल खेलमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको महिला समुहलाई ट्राईबेबरमा १ का बिरुद्ध २ गोलले पराजित गरेको थियो ।

टुर्नामेण्टमा पुरुष तर्फ एनआइसी एसिया बैंकका ठाकुर श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए भने महिला तर्फ स्ट्याडर्ड चार्टर बैंकका अनुराधा केसी उत्कृष्ट घोषित भइन् । सर्वाधिक गोलकर्ता पुरुषतर्फ सिद्धार्थ बैकका शान्तीराम कार्की भए भने महिला तर्फ ग्लोबल आइएमई बैंकका चन्द्रिका भट्ट भइन् । त्यसै गरी खेलको उत्कृष्ट गोलरक्षक पुरुष समुह तर्फ एनआइसी एसिया बैंकका सुदिप पाण्डे र महिला तर्फ ग्लोबल आइएमई बैंकका केषमाया गुरुङ भए ।

उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई मेडल, ट्रफी र नगद दश हजार पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै खेलका विजेता र उपविजेता प्रत्येक टिमलाई क्रमश एक लाख, पचास हजार रुपैयाका साथ मेडल र ट्रफी प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रमको समापन समारोहमा नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्ष गीता पोख्रेल लम्साल र नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले खेलाडीलाई बधाई मन्तव्य दिएका थिए । कर्मचारी संघ बालुवाटार समितिका अध्यक्ष प्रकास पोख्रेलले धन्यवाद मन्तब्य व्यक्त गरेको उक्त कार्यक्रम बालुवाटार समितिका सचिव रोलेन्द्र विक्रम जवेगुले सञ्चालन गरेका थिए ।