Dhulikhel Eco Banner new

एस. डी. सी. को शाखा पोखरामा

10.73K
shares

काठमाडौं, २९ असोज । नेपालबाट उच्च शिक्षाको लागि बाहिरिने विद्यार्थीहरुको रोजाईलाई मध्यनजर गर्दै ईस्टडी डिस्टिनेसन सेन्टरले पोखरामा शाखा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको औपचारीक उद्दघाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत अमित खड्काले गरेका थिए ।  उक्त कार्यक्रममा शिक्षासेवी कृष्ण के.सी., तारानाथ पोख्रेल, भलकराज पौडेल, पूर्व जिल्ला न्यायधिश बासुदेव न्यौपाने, समाजसेवी मिनराज रेग्मी, शिक्षा क्षेत्रका अग्रज व्यक्तित्वहरु, विभिन्न बैंक तथा वित्तीय क्षेत्रका प्रमुख कार्यकारी अधिकृतहरुको लगायत १३० जनाको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा काउन्सीलर प्रल्हाद अधिकारी तथा सीईओ अमित खड्काले करिब ५० जना विद्यार्थी हरुलाई निशुल्क परामर्श प्रदान गरेका थिए । यस कन्सलटेन्सीवाट क्यानेडा, अस्ट्रेलिया, लण्डन, न्यूजिलेण्ड लगायतका देशहरुमा उच्च शिक्षको लागि विद्यार्थीहरु जान सक्नेछन् । उद्दघाटनको अवसरमा कार्तिक ३ गतेसम्म भर्ना हुने विद्यार्थीलाई प्रोशेसिंग शुल्कमा ५० प्रतिशत छुट रहेको छ ।