Dhulikhel Eco Banner new

अब वडा तहसम्मै वाणिज्य बैंक पुग्नुपर्छ : सीईओ श्रेष्ठ

14.81K
shares

काठमाडौं, ३ मंसिर । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले कतिपय ठाउँमा वडा तहसम्म वाणिज्य बैंकहरु पुग्न जरुरी रहेको बताएका छन् । केटीएम भ्वाइससँगको कुराकानीमा उनले बैंक तथा वित्तीय संस्था ७५३ वटै स्थानीय तहमा पुगेको भन्ने कुरा निकै ठुलो कुरा, निकै महत्वपूर्ण कुरा र ठुलो फड्को रहेको बताएका हुन् । उनले भौगोलिक हिसाबले हेर्दा ७५३ वटै स्थानीय तहमा पुग्दा पनि प्रर्याप्त नभएको अनुभव गरेका छन् ।

‘सहरी क्षेत्रको मानिसको जीवनस्तर उकास्न ग्रामीण क्षेत्रका मानिसको जीवनस्तर सुधार्न आवश्यक भएको बताए । उनले ग्रामीण क्षेत्रका मानिसको जीवनस्तर राम्रो भयो भने मात्रै आर्थिक रुपमा सबल हुन्छन् ।’ उनले भने, ‘त्यसैले पनि कतिपय ठाउँमा वडा तहसम्म बैंकहरु पुग्न जरुरी रहेको बताएका छन् ।’

उनले क वर्गको बैंक भन्दैमा ठुला व्यवसायीको लागि मात्रै भन्ने भ्रममा नपर्न आग्रह गदै वाणिज्य बैंक साना साना व्यवसाय गर्नेहरुलाई पनि रहेको बताए । उनले साहु महाजनहरुबाट ऋण लिन सहज हुँने हुँदा साहु बैंकहरुको नितीमा ऋण लिन नगएको बताए ।

उनले तराईतिर मिटरब्याज बढ्नुमा बैंकहरुको कमजोरी रहेको बताए । ‘मिटरब्याज बढ्नुमा हाम्रो पनि केही कमी कमजोरीहरु छन् ।’ उनले भने, ‘बैंकबाट अण लिँदा बैंकको विभिन्न नितीहरु अपनाउँनुपर्ने हुन्छ तर साहुमहाजनमा भने ल्याप्चे लगाएपछि ऋण पाइन्छ त्यसले गर्दा पनि बैंकबाट ऋण लिँदैनन् ।’