Dhulikhel Eco Banner new

१८ अंकको गिरावटसँगै बन्द भयो यो साताको शेयर कारोबार

5.06K
shares

काठमाडौं, १४ मसिंर । साताको शेयर कारोबारको अन्तिम दिन पनि शेयर बजारमा गिरावट आएको छ । आज बिहीबार १८ दशमलव ०८ अंकले गिरावट आएको शेयर बजार १८५३ दशमलव ५३ विन्दुमा पुगेको छ ।

बिहीबार २८९ कम्पनीका ४५ लाख ९५ हजार ५५३ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ३२ करोड ३५ लाख १९ हजार ३५७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कम्पनीको मापन सेन्सेटिभ इन्डेक्समा पनि गिरावट आएको छ । आज २ दशमलव ८० अंकले घटेर सेन्सेटिभ इन्डेक्स ३५६ दशमलव ०८ विन्दुमा पुगेको छ ।