ट्रक व्यवसायी महासंघको १६ औं वार्षिक साधारणसभा पौष २१ गते शनिवार
वि.सं.२०८० पुस १८ बुधवार १३:१३
4.3K
shares
shares

काठमाडौं, १८ पुष । नेपाल ट्रक यातायात व्यवसायी महासंघ १६ औं वार्षिक साधारणसभा यही पौष २१ गते शनिवार ललितपुरमा हुने भएको छ ।
ललितपुरको क्लासिक ब्याङ्क्वेट सानेपामा सम्पन्न हुने १६ औं साधारणसभाको तयारी तिब पारिएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा सम्पन्न हुने साधारणस भामा देशभरबाट तीन सय ५० हाराहारी व्यवसायीहरुको सहभागी रहने महासंघ महासचिव राजेन्द्रबिक्रम बानियाँले जानकारी दिए।
२०५७ सालमा संघका रूपमा स्थापना भइ २०६२ सालमा महासंघ बनेको हो । हाल महासंघमा देशभरका २८ संघहरु आवद्ध छन् ।














