Dhulikhel Eco Banner new

प्रभु क्यापिटलका हितग्राहीका लागि २० प्रतिशत सम्म छूट

3.73K
shares

काठमाडौं, १८ पुष । प्रभु क्यापिटल लिमिटेडले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटयालिटीबीच आफ्नो हितग्राहीलाई सेवामा छुट दिने सम्झौता भएको छ ।

सम्झौता अनुसार सिद्धार्थको होटेल, रिर्सोट, रेष्टुरेन्ट तथा क्याफेमा ग्राहकले खाना तथा पेर्य पदार्थमा १० प्रतिशत र रुम बुकिङ्गमा २० प्रतिशत छुट पउने छन् । छुट समझौता २ वर्षका लागि लागू हुने कम्पनीले जनाएको छ ।

सम्झौता क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र सिद्धार्थ ग्रुपका तर्फबाट कर्पोरेट सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर नृपेश श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

सिद्धार्थ ग्रुपको हाल १४ होटेल तथा रिर्सोट, ४ रेष्टुरेन्ट र २ क्याफे गरि २० स्थानबाट सेवा दिदै आएको छ ।

कम्पनीले हितग्राही (डिम्याट) खाता खोल्ने सुविधा प्रभु क्यापिटल, कमलादी तथा प्रभु बैंकको जुनसुकै शाखाहरुबाट पनि उपलब्ध रहेको बताएको छ ।