Dhulikhel Eco Banner new

शेयर बजार ३६.५७ अंकले बढ्यो, परिसूचक २०५९.४९ बिन्दु कायम

4.16K
shares

काठमाडौँ, २३ पुस । आज शेयर बजार ३६.५७ अंकले बढेको छ ।  परिसूचक २०५९.४९ बिन्दु कायम भएको छ । ३०९ कम्पनीको १ करोड ३७ लाख ९ हजार २७६ कित्ता सेयर ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार ९०६ रुपैयाँको सेयर किनबेच भएको छ ।

बैंकिङ समूहको ६.८९, विकास बैंक ८८.१३, वित्त ४४.३२, जलविद्युत ६९.१७, जीवन बिमा ३९२.०९, उत्पादन तथा प्रशोधन ३३.५५, माइक्रोफाइनान्स ४२.५९, निर्जीबन बिमा समूहको उपसूचक १५५.९३ अंकले बढेको छ ।

२१ करोड ८४ लाख ८२ हजार ८८० रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा माउन्टेन इनर्जी र हाथवे इन्भेष्टमेन्ट कम्पनी रहेको छ । कारोबारमा २१२ कम्पनीको सेयर मूल्य बढेको छ भने २९ कम्पनीको घटेको छ ।