Dhulikhel Eco Banner new

मेरोमाइक्रोफाइनान्सको शेयर संरचना परिमार्जन, सर्वसाधारणको हिसा ४०.६० प्रतिशत

4.89K
shares

काठमाडौँ, २४ पुस । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर संरचना परिमार्जन हुने भएको छ । शेयर परिमार्जन गर्दा सर्वसाधारणको लागि मात्र १० प्रतिशत थप शेयर दिने भएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामहरि दाहालका अनुसार ११ औँ साधारणसभामा शेयर परिमार्जनको प्रस्ताव लगिने भएको हो । संस्थापक शेयरधनीको तर्फबाट ६९.४० प्रतिशत रहेको शेयरलाई घटाएर ५९.४० प्रतिशतमा बनाईने भएको सिइओ दाहालले जानकारी दिए ।

दाहालका अनुसार सर्वसाधारमा भएको ३०.६० प्रतिशत शेयरलाई बढाएर ४०.६० प्रतिशतमा पुराईने भएको हो । कम्पनीको शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) माघ ५ गते हुने दाहालले जानकारी दिएका छन्

मेरोमाइक्रोफाइनान्सको साधारणसभा भने माघ २६ गते नुवाकोटको सिद्धाथ होटल वाटर टावर, विदुर–४ को सभाकक्षमा विहान ११ः३० देखि सुरुहुने भएको छ ।

कम्पनीको सञ्चालक समितिको १५२ औँ बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस, गत असार मसान्त सम्मको नाफा–नोक्सानको हिसाब, चालु आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र परिक्षकको पारिश्रमीक तोक्ने लगायतको प्रस्तावहरु हरेको छ ।

सभामा कनै विषयममा कुनै विषयमा छलफल गर्नुपर्ने भए सभा हुनुभन्दा ७ दिन अगाडि नै सो विषयमा सिइओ मार्फत अध्यक्षलाई लिखित प्रतिवेदन बुझाउनुपर्ने कम्पनीले जनाएको छ ।