नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपाने मनोनित
वि.सं.२०८० माघ ३ बुधवार १७:५०
8.68K
shares
shares

काठमाडौं, ३ माघ । नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपाने मनोनित भएका छन् ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले न्यौपानेलाई अध्यक्षमा मनोनित गरेको सरकारकी प्रवक्ता तथा सञ्चार मन्त्री रेखा शर्माले जनाकारी दिइन् ।
‘स्वास्थ्य मन्त्रालयको प्रस्तावअनुसार नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपाने मनोनित गरिएको छ ।’ मन्त्री शर्माले भनिन् ।



















